Logo

राप्रपाको आमसभा आज, अभिनेत्री कोइरालाले पनि सम्बोधन गर्ने



काठमाडौं, कात्तिक २५ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले आज राजधानीमा आमसभा गर्न लागेको छ ।

राजधानीकोे वसन्तपुरमा आयोजना हुने उपत्यकास्तरीय चुनावी आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्दैछिन् । आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot