Logo

एकनाथ ढकालको उद्घोष : देशैभरि एमालेको विजयलाई कसैले रोक्न सक्दैन



काठमाडौं, २५ कार्तिक । नेपाल परिवार दलले मधेश प्रदेशमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको पार्टीको मधेश प्रदेश कमिटीको आयोजनामा हिजो (बिहीबार) जनकपुरमा अगुवा कार्याकर्ता भेला सम्पन्न भएको हो ।

सो पार्टीकाअनुसार भेला नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलको सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता , तिव्र विकास, सुशासन, कृषिमा आधुनिकरण, युवा रोजगार, नेपाली नागरिकहरूको एकतालगायत समानताको एजेण्डा नेकपा एमालेसंग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागिपरेको जानकारी दिए ।

साथै, अहिलेको पाँच दलीय गठबन्धनले देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि एजेण्डा नभएको जिकिर गर्दै नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिको राष्ट्रिय एजेन्डा सफल बनाउनका लागि एमालेलाई बहुमतले बिजय गराएर ओलीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको जानकारी दिए ।

एमाले सरकारले नै अबको मुलुक परिवर्तन र मधेस प्रदेशको तिव्र बिकास गर्ने उनको दाबी थियो । उनले त्यो कुरा ओलीको सरकारले अहिलेसम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेको स्मरण गराए ।

साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयोजक सन्तोष कुमार पौडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्ता गरेका थिए। उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेल ,केन्द्रीय सदस्य मनोज लाल कर्ण, सोभित मण्डल , पल्टन पटेल, रामविश्वास राय, रिता कुमारि महतो , पुरुषोतम कार्कि , रविन्द्र चौलागाई , बव्लु खान लगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादव ले स्वागत मन्तव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot