Logo

सुदूरपश्चिम जाँदै ओली, तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौं, कात्तिक २६ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम प्रदेश जाँदैछन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीन स्थानका आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलीले अहिले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले १८ कात्तिकमा दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot