Logo

नाइटक्बलमा ओलीको ‘गुड फ्राईडे’ (तस्बिरहरू)



काठमाडौं, कात्तिक २६ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति अचानक काठमाडौंको ठमेलस्थित नाइटक्लब पुगेका छन् ।

केही सहयोगीसहित मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब पुगेका ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर-सहरमा ओली’ सार्वजनिक गरेका छन्। उक्त र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक भईसकेको छ ।

शुक्रबार राति एकाएक रातो ज्याकेटमा युवायुवतीहरुको ठूलो भिडभाडमा देखिएका ओली दिउँसो धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका थिए ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एल‌ओडी पुगेको जानकारी गराउदै युवाहरूलाई मन पर्ने
नयॉ ऱ्याप गीत सार्वजनिक गरेको जनाएका छन् ।

 ओलीले फेसबुकबाट सार्वजनिक गरेका तस्विरहरु:



प्रतिक्रिया दिनुहोस्

Screenshot