Logo

प्रचण्डले आज गण्डकीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने



काठमाडौं, कात्तिक २८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे र लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र हो भने तनहुँ १ रामचन्द्र पौडेल र लमजुङ देव गुरुङको चुनावी क्षेत्र हो । यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot