Logo

ललितपुरमा व्यवसायी मृत अवस्थामा फेला



ललितपुर, २८ कात्तिक । ललिपुरमा एक व्यवसायीको शव फेला परेको छ । नख्खुमा रामेछाप स्थायी घर भएका बालुवा डिपो सञ्चालन गर्दैं आएका राजन बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा चोट लागेको अवस्थामा ३९ वर्षीय बस्नेतको शव फेला भेटिएको हो । प्रहरीले र मृत्युको कारण चोट हो होइन भन्नेबारेमा अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot