Logo

युएईसँग नेपाल ८४ रनले पराजित



काठमाडौं, २८ कार्तिक । युएईसँग नेपाल ८४ रनले पराजित भएको छ।

आज (सोमबार) त्रि.वि. मैदान, कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा नेपा युएईसँग पराजित भएको हो ।

युएईले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाएको हो ।

खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। यस्तै डेब्यु खेलमा अर्जुन साउदले ७९ बल खेल्दै अर्धसतक पूरा गरे ।

ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे।

कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३/३ रन बनाए। यस्तै गुल्सन झाले १९ रन बनाए।

Photo Source: CAN

 



प्रतिक्रिया दिनुहोस्

Screenshot