Logo

रविन्द्र मिश्रलाई भोट माग्दै मनिषा कोइराला घरदैलोमा



काठमाडौं, २९ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आगामी निर्वाचनको लागि काठमाडौं–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । उनको चुनावी घरदैलो आक्रामक देखिएको छ। मिश्रको घरदैलोमा आज (मंगलबार) चर्चित नायिका मनिषा कोइराला देखिएकी छिन् ।

मिश्रले घरदैलोबारे फेशबुकमा लेखेका छन्–‘आज बिहानको घरदैलो विशेष रह्यो! नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा सहभागी भएर हामीलाई साथ,समर्थन र हौसला प्रदान गरिदिनुभएकोमा अत्यन्तै आभारी छौँ। (भोट बाँडिएर पुरानै विकृतिको पोकोले संसदमा प्रवेश नपाओस्। #NoNotAgain, #योपटककोभोटहलोलाई। देशको राजनीतिलाई ट्र्याकमा ल्याउनैपर्छ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot