Logo

झापामा सिटौला, शर्मा र लिङ्देनले गरे मतदान



झापा, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।

नेता सिटौलाले बिहान ७ः२० बजे भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान गरे । झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उनले झापा क्षेत्र नं १ मा मतदान गरेका हुन् ।

त्यस्तै, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार उनले बिहान ९ः०७ बजे मतदान गरेका हुन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका हुन् । झापा क्षेत्र नं ३ का उम्मेदवार लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गरेका हुन्।

झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् । जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन् । जिल्लामा दुई सय ८५ वटा मतदानस्थल रसात सय ६८ मतदान केन्द्र छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot