Logo

सप्तरी–२ को मतपरिणाम : सिके राउतसँग धेरै पछि परे उपेन्द्र यादव, कसको कति मत ?



काठमाडौं, ५ मंसिर । सप्तरी–२ मा डा. सिके राउतले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

उनले जनमत पार्टीका अध्यक्षसमेत रहेका राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

राउत १०२० मत ल्याउँदा यादवले ४५२ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्