Logo

काठमाडौं–१० मा कांग्रेस अगाडी, दोस्रोमा घण्टी



काठमाडौं, ५ मंसिर । काठमाडौं–१० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । किर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतसहित प्रारम्भिक अग्रता लिएका हुन् ।

उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले ६९५ मत गरेका छन् । यसैगरी, नेकपा एमालेका हिमेश केसीले ६७२ मत प्राप्त गर्दा माओवादीकी अञ्जना विशंखले ५९५ र राप्रपाका बलराम थापाले १६० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot