Logo

मतगणना नसकिदै विश्वप्रकाश विजयी



काठमाडौं, ७ मंसिर । देशभर जारी मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणाम अनुसार झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । गन्न बाँकी मत भन्दा बढी मतले शर्मा अग्रता लिएका छन् । शर्मा १२ हजार ६८० मतान्तरले अगाडी छन् ।

प्राप्त मत अनुसार शर्माले ३४ हजार ५ ०८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अग्नी खरेलले २१ हजार ८२८ मत ल्याएर दोस्रो स्थानमा छन् । अब ११ हजार ३९१ मत गन्न बाँकी छ ।

शर्मा लगातार दुईपटक पराजित भएका थिए । तेस्रो पटकमा सफल भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot