Logo

रामवीर मानन्धर र राजेन्द्र श्रेष्ठको जमानत जफत



काठमाडौं, ८ मंसिर । निर्वतमान सांसद द्धय राजेन्द्र श्रेष्ठ र रामवीर मानन्धरले जमानत जोगाउन सकेनन् । उनीहरु दुवैजना काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए ।

श्रेष्ठले जनता समाजवादी पार्टीबाट र मानन्धरले एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा ३६ हजार ६१ मत सदर भएको छ । सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गरेका छन् । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने कानुन छ ।

 



प्रतिक्रिया दिनुहोस्