Logo

दुई हजार मतले पछि परे झलनाथ



इलाम, मंसिर ११। इलाम प्रतिनिधिसभा क्षेत्र १ को मतगणनामा नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुख्य प्रतिस्पर्धीभन्दा २ हजार १ सय ४२ मतले पछि परेका छन्। अहिले बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन्।

बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा खनालको १९ हजार १ सय ७० मत आएका छन्। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ। ५० हजार २ सय १ मत गणना भइसकेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ। एमालेले १६ हजार २ सय २३ मत ल्याएको छ भने नेपाली कांग्रेसले १२ हजार ८ सय ४८ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको नेकपा ९एस०ले ६ हजार २ सय ४ र चौथो स्थानमा रहेको नेपाल स्वतन्त्र पार्टीले ३ हजार ४ सय २४ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot