Logo

भारी मतान्तरले रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित



काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा सदस्यमा रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् ।

तामाङले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

१ लाख ८० हजार १०६ मतदाताको संख्या रहेको रामेछापमा तामाङले ४७ हजार ९९ मत प्राप्त गरेका थिए भने एमालेका ढुंगेलले ३० हजार ७३० मत ल्याएर दोस्रो भए । सो जिल्लामा ८३ हजार ८९९ मत सदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot