Logo

निर्वाचनमा हार ब्योहोरेपछि माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा



काठमाडौं, १२ मंसिर । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा ललितपुरमा नेकपा माओवादीको हार भएपछि जिल्ला संयोजक र सचिवले राजीनामा दिएका छन् ।

उर्जामन्त्री तथा माओवादीकी उपमहासचिव पम्फा भुसाललगायतको ललितपुरमा हार भएपछि संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।

भुसाल ललितपुर–३ बाट डा.तोसिमा कार्कीसँग फराकिलो मतान्तरले पराजित भएकी थिइन् भने सोही क्षेत्रको प्रदेश सभा ‘क’ बाट पार्टीकै रामकाजी महर्जन र क्षेत्र नं २ को प्रदेश सभा ‘क’ मा पार्टीकै उम्मेदवार हरि दाहाल पराजित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot