Logo

लेनिनको लाल किल्ला



अनिल बस्नेत  । माथिको प्रसंगमा सिधै प्रवेश गर्न पूर्व सोही ऐतिहासिक लाल किल्लाको पृष्टभूमिलाई प्रष्ट्याउनु आबश्यक ठाने
बोल्सेभिक नेता लिनिनले लेओनको नेतृत्वमा सशस्त्र कामदार र लाल सैनिकहरू मिलाएर क्रान्तिकारी सैन्य समिति गठन गरेको थियो र त्यस सैन्य समितिले इ. स. १९१७ अक्टोवर २५ तारिखको दिन, तत्कालिन रूसको राजधानी र हालको रूसको सुन्दर सहर सेन्ट पिटर्सवर्गमा, अन्तरिम सरकार प्रमुख करेन्स्कीको बिरूद्ध सशस्त्र युद्ध छेडेको थियो।

युद्ध भयानक थियो। नियोजित थियो र संगठानिक थियो। त्यसैले क्रान्तिकारी सैन्य समितिले सजिलै करेन्स्की सरकारका संचार क्षेत्र, रेल वे स्टेसन, मुख्य सरकारी भवनहरू कब्जामा लिंदै, अघि बढ्न सफल भैरहेका थिए।

सोही क्रममा, इ.स. १९१७ अक्टोबर २६ तारिकको दिन दिउँसो २ बजेतिर ४० हजार क्रान्तिकारी सैन्य समितिले
करेन्स्कीको १४ सय महिला सैनिक सहित दरबार कब्जा गर्न पुग्छ। तर करेन्स्की भने भाग्न सफल हुन्छ।

त्यसै दिन, लेनिनले रूसका जनतालाई सम्बोधन गर्दै, सैन्य क्रान्तिकारी समितिले केरन्स्कीको अन्तरिम सरकारलाई बिस्थापित गरेको, रोमानोभ वंशको ३०० बर्षीय शाही राजतन्त्रको अन्त्य भएको र शाही दरबारलाई ‘लाल किल्ला’ मा रूपान्त्रण गरेको, घोषणा गर्दै, अब उप्रान्त मजदुर र किसानको हातमा सत्ता पुग्यो, भनी, भनेका थिए।

यसरी हेर्दा, सामन्तलाई ढाल्ने, किशान, मजदुर, दलित, महिला र सर्वहारा वर्गको निम्ति लड्ने प्रतिकको रूपमा,’लाल किल्ला’लाई लिन सकिन्छ

अब प्रसंगलाई जोडौं,

महोत्तरी क्षेत्र नं.१ को क्रान्ति र क्रान्तिकारीले, २४० बर्षीय शाही राजतन्त्रलाई फाल्न तथा किसान, मजदुर, दलित, महिला र सर्वहार वर्गको हातमा सत्ता सुम्पिन ३६ सालको आन्दोलनमा क. कृष्ण बहादुर राना, दस बर्षे जनयुद्धमा क। भगवती स्याङ्गतन, मधेश आन्दोलनमा रामशिला मण्डल जस्ता कयौं लालसपुतहरूले ज्यानको आहुती दिएका छन्।

त्यसैले ‘क्रान्ती’को पर्याबाची ‘लाल किल्ला’ क्षेत्र नं. १ हो भन्दा, अतियूक्त नहोला  तर, त्यहि लाल किल्लाले ल्याईदिएको गणत्रान्तीक निर्वचनमा ४ हात उफ्रँदै सुर्यले जित्यो, लाल किल्ला भत्कायौं, भनिरहँदा आफूलाई कम्युनिष्ट हुँ, भन्ने पार्टिका कमरेडहरूलाई आफ्नै विबेकले दोष्याउनु पर्ने हैन र ?
स्मरण रहोस्, लेनिनको लाल किल्ला भत्कँदै गर्दा ख्रुश्चेवहरू रमाएका थिए। सामन्तहरूले आतिसबाजी गरेका थिए । ।



प्रतिक्रिया दिनुहोस्

Screenshot