Logo

जनतालाई के भन्नुपर्ने रहेछ भनेर माधव नेपालले बल्ल थाहा पाए



काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब कसैले पनि जनतालाई पूरा गर्न नसकिने वाचा र आश्वासन दिन नहुने बताएका छन् । उनले जनतालाई पुरै हुन नसक्ने आश्वासनहरु दिँदा अप्ठ्यारो भएको टिप्पणी गरेका हुन् । आज (शनिबार) भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘अब यो आश्वासन दिँदा पनि गाह्रो हुदो रहेछ । तर हाम्रो बानी के छ भने धेरै आश्वासन दिने धेरै कुराहरु गर्ने त्यहाँ ठाउँ राख्नुपर्नै रहेछ । म सक्दो कोशिस गर्छु भनेर भन्नुपर्दो रहेछ किनभने मान्छेले सबै कुरा पुरा गर्न सक्दैन । जनताको आकंक्षा असिमित हुन्छ । आंकक्षाहरु पुरा गर्न सकिँदैन र तर गर्नेपर्ने आवश्यकताहरुमा पुरा गर्न कोसिस गर्नुपर्छ ।’ file photo

Related News

माधव नेपालद्वारा राष्ट्रपति पद अस्विकार, पाँच वर्षभित्र एकपटक प्रधानमन्त्री हुने चाहना



प्रतिक्रिया दिनुहोस्