Logo

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी



दाङ, मंसिर २५ । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको हो ।

डिपो स्थापना गरेर प्रयोगमा नआउँदा ‘त्यसको कुनै अर्थ नहुने’ भन्दै ‘सार्नूको विकल्प नभएको’ निगम लुम्बिनी प्रदेश प्रमुख जगदीशचन्द्र यादवले बताए ।

नेपाल एयरलाइन्स तथा निजी कम्पनीका जहाजले इन्धन डिपोका कारण देखाउँदै उडान भर्न नमानेपछि जनदबाबमा चार महिनाअघि टरिगाउँ एयरपोर्टमा डिपो स्थापना गरिएको थियो ।

जहाजमा तेल भर्न ४१ हजार लिटर हवाई इन्धन तयारी अवस्थामा राखिएको छ । तर, एयरलाइन्सले तेल भर्न मानेका छैन । आजको राजधानी दैनिकबाट ।



प्रतिक्रिया दिनुहोस्

Screenshot