Logo

सु हुइ ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिगको अध्यक्ष निर्वाचित



बेइजिङ, २५ मङ्सिर । ताइवान डेमोक्रेटिक सेल्फ गभर्नमेन्ट लिग टीडिएसएल) को केन्द्रीय समितिको अध्यक्षमा सु हुइ निर्वाचित भएका छन् ।
करिब तीन हजार ४०० सदस्य भएको गैर कम्युनिष्ट राजनीतिक पार्टी टीडिएसएलले बेइजिङमा ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि यो निर्णय घोषणा गरिएको हो। सु चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको उपाध्यक्ष पनि हुन् ।
टीडिएसएलको राष्ट्रिय काङ्ग्रेसको समापन सत्रमा ६९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिएको थियो सो समितिले सुलाई अध्यक्षको रूपमा चयन गरेको हो ।
सन् १९४७ नोभेम्बर १२ मा स्थापना भएको टीडिएसएल चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा राज्य मामिलाहरूमा भाग लिने चीनका आठ गैर कम्युनिष्ट पार्टीहरू मध्ये एक हो। रासस



प्रतिक्रिया दिनुहोस्