Logo

चीन र गणतन्त्र कोरियाका विदेशमन्त्री वार्ता



काठमाडौँ,२७ मँसिर । चिनियाँ र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत् वार्ता भएको छ । उनिहरुका बीचमा सोमबार वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा यस्तो वार्ता भएको हो ।

सो वार्ताका क्रममा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ल चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताएका थिए ।

हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेश मन्त्री वाङ् आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चोहेको बताएका थिए ।
उता गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवद्र्धनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढेन चाहेको बताएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot