Logo

मध्य किभमा विस्फोटको आवाज सुनियो –मेयर



किभ,२८ मङ्सिर । युक्रेनको राजधानी किभको एक मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको मेयर भिटाली क्लित्स्कोले बताएका छन् । यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताएका छन् ।

राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विष्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन् । हवाई रक्षाले किभ र नजिकैको क्षेत्रमा १० इरानी निर्मित ‘शाहेद ड्रोन’ लाई खसालेको सामाजिक सञ्जालमा जानकारी दिएको समाचारमा जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot