काठमाडौं, मंसिर २८ । निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सांसदको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरिएको आयोगले जनाएको छ ।
देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी २ पुसमा एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने निर्वाचन आयोगको तयारी रहेको छ ।