Logo

‘शेखरले संसदीय दलको नेतामा उम्मेदवारी दिने’



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेता तथा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् । सो समूहबाट कसले उम्मेदवारी दिने भन्नेबारे सहमति भएको थिएन । यसअघि महामन्त्री गगनकुमार थापाले सो समूहबाट दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन् ।

तर, पार्टी सभापति शेरबहादुर देउवासँग लड्दाखेरि परिपक्व व्यक्तिलाई अघि सार्न सो समूहका नेताहरुको दबाब थियो । कोइरालाले धेरै छलफलपछि आफू नै दलको नेतामा उम्मेदवार बन्ने निधो गरेको पुरञ्जन आचार्यले जानकारी दिए ।

उनले भने,‘शेखर कोइरालले कुनैपनि बेला दलको नेतामा उम्मेदवारी घोषणा गर्नुहुन्छ । उहाँ अन्तिम गृहकार्यमा जुट्नुभएको छ । आज/भोलि नै उहाँले यो घोषणा गर्नुहुन्छ ।’

शेखरले दलको नेतामा देउवासँग प्रतिष्पर्धा गरे महामन्त्री गगन थापाले सघाउने बुझिएको छ । तर, थापाले आफूले चुनावअघि नै दलको नेतामा उठ्ने बताएकोले ब्याक नहुने भनेर कोइरालासमक्ष सन्देश पुर्याएको पनि चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot