Logo

कांग्रेस संसदीय दलको नेतामा कोइराला अघि बढ्ने



काठमाडौं, पुस १ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा शेखर कोइराला नै अघि बढ्ने भएका छन् ।

गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरूद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई शसक्त राख्न डा कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार देखिएका छन् ।

कांग्रेसको एउटा टिमबाट संसदीय दलको नेतामा नवनिर्वाचित सांसद डा कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिभि सभाका सदस्य डिकबहादुर लिम्बुले बताए ।

लिम्बुले भन, ‘अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा कोइरालाले गर्नुहुन्छ । चुनावको पूरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो । तर, अब घोषणा गर्नुहुन्छ । उहाँले महामन्त्रीलगायत सबै नेताहरूलाई समेटेर लानुहुन्छ ।’ आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot