Logo

एमालेसँग सहकार्य गर्दिनँ, गठबन्धनबाटै सरकारको नेतृत्व गर्छु : प्रचण्ड



काठमाडौं, १ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एमाले नेतृत्वसँग छलफलको लागि तयारी गरेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले सत्ता गठबन्धन नछोड्ने स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले एमाले नेतृत्वसँग सरकार गठनबारे तत्काल वार्ता तथा सम्वादको कुनै सम्भावना नरहेको दाबी गरे । उनले भने,‘एमालेसँग सरकार गठनको लागि वार्ता गर्ने भन्ने कुरामा सत्यता छैन् । यो गलत कुरा हो । हामी गठबन्धनमा छौं । यही गठबन्धनले नयाँ सरकार बनाउँछ ।’

दाहालले आफूले सत्ता गठबन्धनबाट नै सरकारको नेतृत्व गर्ने विश्वास दिलाए । पछिल्लो समय एमाले र माओवादी केन्द्रका नेताहरुले सत्ता सहकार्यको लागि भेटवार्ता गरेको समाचार आएका छन् ।

दाहालले भने ती भेटवार्ता निर्वाचनमा जितेकोमा एक अर्कामा बधाई साटासाटबाहेक केही पनि नभएको जिकिर गर्ने गरेका छन् । सत्ता गठबन्धनले नयाँ सरकार गठनको लागि गृहकार्य थालेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot