Logo

पुष्प–धीरेन्द्रको स्मृतिमा गरियो रक्तदान



काठमाडौं, १ पुष । विक्रम सम्वत् २०५२ फागुनबाट थालिएको दशवर्षे सशस्त्र आन्दोलनमा राज्यद्वारा बेपत्ता पारिएका पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा रक्तदान एवम् वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ ।

पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं.१ का कृषि मन्त्री झलकसिंह दर्लामीले वृक्षरोपण गरेर कार्यक्रम सुरुवात गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद एवम् एमाले नेता होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, नेपाली काँग्रेसका नेता सुरेश सुब्बा, नेकपा माओवादी केन्द्रका नेता गगन पुरीलगायतको सहभागिता थियोे ।

झापा दमक–१ निवासी एकै घरका दाजुभाइ पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेत विक्रम सम्वत् २०६० मा शाही नेपाली सेनाद्वारा बेपत्ता पारिएका हुन् । उनीहरू स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माहिला र कान्छा छोरा छन् ।

मंसिर २१ गते पुष्पराज बस्नेतको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम राखिएको पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानका सल्लाहकार तथा उनीहरुका पिता भीमबहादुर बस्नेतले बताए ।



प्रतिक्रिया दिनुहोस्