Logo

देउवाजीसँग आलोपालो प्रधानमन्त्रीको सहमति थियो : प्रचण्ड



काठमाडौं, ४ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरबहादुर देउवलाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने भन्ने मौखिक सहमति भएको खुलासा गरेका छन् । देउवासँगको उक्त समझदारी अहिले पनि कायमै रहेको प्रचण्डको भनाई छ । उनले राष्ट्रपतिले दिएको समयसिमाभित्रै सरकार गठन हुने स्पष्ट पारे । र, राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेसले दाबी गरेको पनि बताए ।

आज (सोमबार) चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । उनले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुने स्थिति नरहेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भावना सुनाए । र, सरकारको नेतृत्व पनि सहमति र समझदारीबाट नै टुँगो लगाउने उनको स्पष्टोक्ति थियो । उनले गठबन्धनमा समझदारी भए आफूले सरकारको नेतृत्व लिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्