Logo

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज



काठमाडौं, पुस ५ । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ ।

यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो ।

महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा वर्गीकरण गरी घरमै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा सहयोग गर्न’ अनुरोध गरेको छ । कम्पोस्ट मल बनाउने विन सहुलियत दर १ हजार ५ सयमा उपलब्ध गराइने भएको छ ।

वातावरण तथा कृषि विभाग, टेकुले ‘कम्पोस्ट विन’ लिन चाहने काठमाडौंबासीले आज मंगलबारसम्म सम्पर्क गर्न आग्रह गरेको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्डजरिमाना गर्ने’ चेतावनी दिइएको थियो ।

तर, महानगरले सूचना जारी गरेको चार महिनासम्म पनि फोहोर वर्गीकरण हुन सकेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot