Logo

सरकार गठनको समयसीमा आज सकिंदै, सत्ता गठबन्धनको बैठक



काठमाडौं, पुस १० । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज सकिंदै छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई पुस १० गतेसम्मको समयसिमा दिएकी थिइन् ।

उक्त समयसिमा आइतबार अपरान्ह ५ बजे सकिन लागेपनि दलहरुले सहमति जुटाउन सकेका छैनन् ।

वर्तमान सत्ता गठबन्धनले नै सरकार बनाउने कसरत गरे पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको दाबीले सहमति हुन सकेको छैन ।

यही विषयमा छलफल गर्न अहिले विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता गठबन्धनको बैठक बस्दैछ ।आलोपालो प्रधानमन्त्री हुँदा पहिलो प्रधानमन्त्री आफु हुनुपर्ने दुवै नेताको अडान रहेको छ ।



प्रतिक्रिया दिनुहोस्