Logo

बालकोटमा देव गुरुङमात्रै, प्रचण्ड खुमलटारमा



काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट सिधै खुमलटार पुगेका छन् । यसअघि उनी बालुवाटारबाट निस्किएर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेको चर्चा थियो । तर, बालकोटमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङमात्रै पुगेका छन् ।

दाहाल अहिले खुमलटारमा आन्तरिक छलफलमा छन् । उनले कांग्रेसले आफूलाई अपमान गरेको आफूनिकट नेताहरुसँग ब्रिफिङ गरेका छन् । अहिले केहीबेरमा ओली र दाहालबीच उच्चस्तरको वार्ता हुने जनाईएको छ ।

एमालेले भने माओवादीसँग मात्रै नभएर कांग्रेससँग पनि समानान्तर रुपमा छलफल जारी राखेको छ । एमाले अध्यक्ष ओलीले भने हिजै दाहालको प्रधानमन्त्री हुने सम्भावना समाप्त भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्