Logo

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन दाहाल–ओली सकारात्मक



काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् ।

स्रोतका अनुसार रविले मागेबमोजिम उपप्रधानमन्त्री दिन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै सकारात्मक बनेका छन् ।

अहिले बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक जारी छ । सो बैठकमा मन्त्रालय भागबण्डा लगाउने चर्चा छ ।

रास्वपाले गृह वा भौतिक मन्त्रालयमध्ये एक दिन आग्रह गरेको छ।

गृह र भौतिक मन्त्रालय नपाए शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रमजस्ता मन्त्रालयमा पनि सहमति जनाउन सकिने संकेत गरेको छ।

एमालेले भने विष्णु पौडेल र सुवास नेम्वाङमध्ये एकको नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ ।

उता, माओवादीले भने नारायणकाजी श्रेष्ठलाई पहिलो चरणमा मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।

उनी उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot