Logo

छोरा जन्माएर महिला फरार



बखतियार अलि/ सर्लाही पुस १२ । सर्लाहीस्थित मलंगवा प्रादेशिक अस्पतालमा छोरा जन्माएर एकजना महिला फरार भएकी छिन ।

अस्पतालले दिएको जानकारी अनुसार भारत बिहार सोनवर्सा ठेगाना भएकी २१ बर्षीय सयम कुमारीले सोमबार छोरालाई जन्म दिएर फरार भएकी हुन् । सोमबार दिउँसो पेट दुखेको भन्दै अस्पताल आएकी उनको चेकजाँच गर्दा निज गर्भवती रहेको खुल्न आएको थियो

। चिकित्सकको सल्लाहका निजलाई प्रसुती शाखामा भर्ना गरिएको र भर्ना भएको केहि समयमै छोरा जन्माएकी उनी नवजात शिशुलाई अस्पतालमै छाडेर फरार भएकी हुन् ।

प्रादेशिक असपताल मलंगवाका प्रमुख मेडिकल सुपरीटेन्डर नवलकिशोर झाका अनुसार भारतीय महिला बच्चा जन्माए लगतै शौचालय जानुछ भनेर बाहिरीएको र पुनः फर्केर आएकी छैनन् ।

शौचालयबाट फर्केर नआएपछि त्यहा खटिएका नर्सले निजको खोजतलास गरेका थिए । तर उनी हालसम्म सम्पर्कमा नआएको मे सु झाले बताए ।

बच्चाको अवस्था समान्य रहेको छ । छोरा जन्माएर महिला फरार भएको कुरा बाहिर आएपछि उक्त नवजात शिशुलाई हेर्न आउनेको असपतालमा घुईचो लागेको छ ।

नवजात शिशु धेरै सुन्दर रहेकाले अस्पतालमा पुग्नेहरु आफू बच्चाको पालन पोषण गर्न तयार रहेको भन्दै माग्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot