Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’



काठमाडौं, पुस १३ । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ ।

विदेशका विमानस्थलमा जस्तै नेपालमै पहिलोपटक पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘एरोब्रिज’बाट अन्तर्राष्ट्रिय हवाई यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन् ।

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकभरका कुनै पनि विमानस्थलमा हवाई यात्रुलाई टर्मिलन भवन आगमन तथा प्रस्थान क्षेत्रबाट सोझै विमान चढ्नका लागि ‘एरोब्रिज’ व्यवस्था थिएन ।

विमानस्थलभित्रका ¥याम्प तथा सटल बसबाट यात्रुलाई विमान चढ्ने ठाउँसम्म मात्र पु¥याइँदै आएको थियो भने अन्य विमानस्थलमा पैदलै हवाई यात्रुले विमान चढ्नुपर्ने बाध्यता थियो । यस क्रममा कुनै पनि बेला यात्रुलाई भारी वर्षाका बेला निथु्रक्कै भिज्नुपर्ने बाध्यता थियो ।

सम्बन्धित वायुसेवा कम्पनीलाई विमान अवतरण क्रममा र उडानका बेला हतारमा यात्रुलाई विमान चढाउन भ¥याङ दौडाएर लैजानुपर्ने झन्झटिलो समस्यासमेत अन्त्य भएको छ ।

‘एरोब्रिज’ राखिएको विमानस्थलबाट यात्रा गर्ने यात्रुले पहिलेजस्तो बसबाट या पैदलै विमान चढ्नुपर्नेछैन । अब पोखरा विमानस्थलका यात्रुले सबै अध्यागमन चेकजाँच सकिएपछि टर्मिनल कक्षबाट सोझै ‘एरोब्रिज’ हुँदै विमानभित्र छिर्न पाउनेछन् ।

यो व्यवस्था नेपालको विमानस्थलका लागि सबैभन्दा पहिलो र नयाँ हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको हालसम्म सञ्चालित नेपालका विभिन्न विमानस्थलमध्ये पहिलोपटक अन्तर्राष्ट्रिय उडानका यात्रुले ‘एरोब्रिज’ प्रयोग गर्न पाउने पहिलो भएको छ । यो विमानस्थलमा चार अत्याधुनिक ‘एरोब्रिज’ राखिएका छन् ।

विमानस्थल अध्यागमन चेकजाँच बोर्डिङ पासलगायत सबै प्रक्रिया पूरा गरी विमान चढ्न र झरेर अध्यागमनमा सोझै पुग्न सक्नेगरी ‘एरोब्रिज’ व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका हवाई यात्रुलाई उपलब्ध गराइएको ‘एरोब्रिज’ व्यवस्थासँगै अब विमान चढाउन र झार्न सम्बन्धित वायुसेवा कम्पनीलाई एवं विमानस्थल व्यवस्थापनलाई विगतका दिनजस्तो दौडाएर भ¥याङ लैजानुपर्ने अवस्थासमेत रहनेछैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot