Logo

आरआर क्याम्पसमा खुकुरी हानाहान (फोटोफिचर)



काठमाडौं, पुस १३। प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा अखिल निकट विद्यार्थीहरुबीच खुकुरी हानहान भएको छ ।

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनबीच विवाद हुँदा तीन विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ । घाईतहरुको बागबजारस्थित काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ । बाँकी फरारहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार विद्यार्थीहरुबीच स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुँदै गर्दा विवाद बढेर खुकुरी प्रहारसम्म पुुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनहरु छलफल गरेर स्ववियु निर्वाचनको मितिको प्रस्ताव गरिसकेको छ ।

फोटोः मुकुन्द कालिकोटे./रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot