Logo

श्रीलङ्काको मत्तालास्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा



 

कोलम्बो, १४ पुस । श्रीलङ्काको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको छ ।

बिहीबार नै रूसको रेड विङ्स एयरलाइन्सको एक यात्रुवाहक विमान करिब ४०० यात्रु लिएर मत्ताला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

रेड विङ्स एयरलाइन्सले मट्टाला अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा दुई उडान गर्ने भएको छ, जुन विगत दुई वर्षदेखि इन्धन भर्न र आपतकालीन अवस्थामा डाइभर्ट गरिएका विमानका लागि प्रयोग हुँदै आएको छ ।

पछिल्लो दुई वर्षमा केही कार्गो जहाज र चार्टर्ड उडान पनि विमानस्थलमा अवतरण भएका छन् । श्रीलङ्का सरकारले मट्टालामा अवतरण गर्न चाहने उडानका लागि केही सहुलियत दिएको छ । श्रीलङ्काको कोलम्बोस्थित मुख्य विमानस्थलमा अवतरण र पार्किङ शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot