Logo

कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित



काठमाडौं, १४ पुष । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । निर्वाचित यादव कांग्रेस मधेस प्रदेश कार्यसमितिका सभापतिसमेत हुन्।

उनले रामसरोज यादवलाई पराजित गरेका हु्न् ।

निर्वाचित कृष्ण यादवले १८ मत ल्याउँदा उनीसँग पराजित रामसरोजले जम्मा ४ मत ल्याएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार समितिका प्रमुख नितेशकुमार गुप्ताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot