Logo

संकटमा सतिसालझैँ उभिएकाको भावना विपरीत कुनै निर्णय हुँदैन-प्रदीप ज्ञवाली



काठमाडौं, पुस १५ । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) लाई एमालेमै फर्काउन भइरहेको पहल हल्ला मात्रै भएको बताएका छन् ।

उनले समाजवादीसँग पार्टी एकिकरणबारे खण्डन गर्दै समाजिक सञ्जालनमा लेखेका छन् ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् ।’

ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गर्दै अगाडी लेखेका छन्, ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्