Logo

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त घाइते



काठमाडौं, पुस १५ । भारतीय विकेटकिपर–ब्याटस्म्यान ऋषभ पन्त कार दुर्घटनामा परेर घाइते भएका छन्। उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा सामान्य घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दिल्ली–देहरादुन हाइवेमा पन्त सवार कार डिभाइडरसँग ठोक्किएपछि घाइते भएका ऋषभको रुरकीको एक अस्पतालमा सामान्य उपचारपछि देहरादुन लगिएको छ। दुर्घटनाग्रस्त कार आगलागीबाट पूर्ण रुपमा जेलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot