Logo

गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्री प्रचण्डको यस्तो निर्देशन



काठमार्डौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालसमक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot