Logo

पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्री दाहालको निर्देशन



काठमाडौं, १६ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot