Logo

राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणमा सहज बनाउन विज्ञ टोली गठन



काठमाडौं, १६ पुष । गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको छ ।

विज्ञ टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानका गरिने मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रवि लामिछानेले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए ।

सोही क्रममा लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पनि पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जानएको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot