Logo

मेक्सिकोमा हमला हुँदा १४ जनाको मृत्यु, २४ कैदी भागे



एजेन्सी । मेक्सिकोको एक जेलमा हमला हुँदा १४ जनाको मृत्यु भएको छ भने २४ कैदी भाग्न सफल भएका छन्। मेक्सिकोको उत्तरी सहर स्यूदाद जुआरेज अन्तर्गत पर्ने एक जेलमा आइतबार अज्ञात समूहका बन्दुकधारीहरुले हमला गरेका हुन्।

त्यहाँको एक सरकरी कार्यालयका अनुसार अज्ञात समूहले हमाला गरेपछि बख्तरबन्द गाडी लिएर भागेका थिए। सो कार्यालयका अनुसार मृत्यु हुनेहरु मध्ये १० जना जेलर र सुरक्षा संयन्त्रका कर्मचारी रहेका छन्।

अज्ञात समूहले जेलको बाहिर रहेका सुरक्षाकर्मीहरुको समूहमाथि गोली प्रहार गरेका थिए। सो सरकारी कार्यालयका अनुसार सुरक्षाकर्मीहरुको समूहमा गोली प्रहारपछि जेलभित्र पनि कैदीहरुबीच लडाइ सुरु भएको थियो।

उक्त हमलापछि ४ जनालाई हिरासतमा राखिएको छ। ती हिरासतमा राखिएका ब्यक्ति कैदी हुन् वा गोली प्रहार गर्ने समूहका ब्यक्ती हुन भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot