Logo

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने



काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्रीले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी पुस २६ गते आफुले विश्वासकोको मत लिन चाहेको उल्लेख गरेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोहि धाराको उपधारा (४) बमोजिम तीसदिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान अनुरुप उक्त विषय संवत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछु ।’ उक्त पत्रमा उल्लेख छ ।

पुस १० मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन १३८ सांसदको समर्थन चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot