Logo

एमालेले जनता, राष्ट्र र समीकरणको पक्षमा काम गरुन्जेल प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने



काठमाडौं, २२ वैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीमा आफूहरुको दाबी नरहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले जनता, राष्ट्र र समीकरणको पक्षमा काम गरुन्जेल पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै प्रधानमन्त्री बनाउने बताएका हुन् ।

‘अहिले पाँच दलीय समीकरणबाट प्रधानमन्त्री प्रचण्ड हो । जतिबेलासम्म उहाँले जनता, राष्ट्र र समीकरणको पक्षमा काम गर्नुहुन्छ, उहाँको नेतृत्वको सरकार निरन्तर रहन्छ । त्यो बेलासम्म सरकार परिवर्तन गर्नुपर्ने आवश्यकता छैन,’– महासचिव पोखरेलले भने ।

आफूहरुको प्रयास प्रधानमन्त्री प्रचण्डलाई सफल बनाउने रहेको पनि उनले बताए । महासचिव पोखरेलले राजनीति इमान जमानमा चल्ने बताउँदै प्रचण्ड जनता, राष्ट्र र समीकरणको पक्षमा इमानदार रहुन्जेल साथ दिने बताएका हुन् । उनले भने, ‘हाम्रो प्रयास भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सफल बनाउने कुरामा केन्द्रीत रहन्छ । यदि देउवाजी तयार हुनुभएको भए उहाँलाई सफल बनाउँथ्यौं । उहाँ तयार हुनुभएन, प्रचण्ड तयार हुनुभयो । प्रचण्डलाई सफल बनाउँछौं । राजनीति त इमान जमानको चिज हो । सहकार्यका लागि तयार हुनेलाई सफल बनाउने हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot