Logo

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, संसदीय दलको बैठक २३ गते बस्ने



काठमाडौं, २० पुष । नेपाली कांग्रेसको केन्दीय कार्यसमितिको बैठक स्थगित भएको छ । आगामी पुष २२ गतेका लागि निर्धारित बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने भएकाले २३ गते संसदीय दलको बैठक बोलाइएकाले केन्दीय कार्यसमितिको बैठक स्थगित गरिएको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।

अर्को बैठक आगामी पुष २८ गते दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्ने पनि बताइएको छ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot