Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डाहरु…



काठमाडौं, २१ पुष । नेपाली कांग्रेस संसदीय दलको बैठक आगामी शनिबार बस्ने भएको छ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा चयन भइसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले संसदमा विश्वासको लिँदै गर्दा कांग्रेसले आवश्यक रणनीति तय गर्नका लागि संसदीय दलको बैठक बोलाइएको बताइएको छ ।

बैठक २३ गते दिउँसो १ बजेका लागि बोलाइएको हो । कांग्रेसले प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसक्ने बताउँदै आएको छ । संसदको सबैभन्दा ठूलो दल भएर पनि गठबन्धनमा आवश्यक सहमति जुट्न नसक्दा कांग्रेसले सत्ता बाहिर बस्नु परेको छ ।

संसदीय दलको बैठकअघि पार्टी सभापति देउवा विभिन्न दलका शीर्ष नेतासँगको भेटवार्तामा व्यस्त देखिएका छन् । उनले आजै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा उनले प्रचण्डलाई विश्वासको मत नदिनसमेत आग्रह गरेका थिए ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot