Logo

निर्मला पन्तको अनुसन्धानमा फेरि तात्यो प्रहरी



काठमाडौं, २१ पुष । २०७५ साउन १० गते कञ्चनपुर महेन्द्रनगरस्थित् उखुबारीमा मृत अवस्थामा भेटिएकी निर्मला पन्तको अनुसन्धानका लागि फेरि नेपाल प्रहरीले अनुसन्धान टोली गठन गरेको छ।

प्रहरी अनुसन्धान ब्युरो(सीआईबी) का डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको छ। उक्त टोलीमा एसपी कमला थापा, मनोचिकित्सक डा.आशीष दत्त, सीआइबीका निरीक्षक दुर्गा योञ्ननसहितको टोली गठन गरेका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेले पदभार ग्रहण गरेकै दिन निर्मला पन्तको फाइल पल्टाउन आदेश दिएपछि गृह मन्त्रालयले निर्मला प्रकरणमा अहिलेसम्म भएका सम्पूर्ण विषयलाई एकीकृत गरी दोषी पत्ता लगाउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो।

गृह मन्त्रालयको पत्र पाएलगत्तै प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले सो घटनाको अनुसन्धान गर्न डीआइजी सिंहको नेतृत्वमा टोली गठन गरी कञ्चनपुर पठाएका छन्। file



प्रतिक्रिया दिनुहोस्

Screenshot