Logo

निधिको नाम लिएर रिजालले भने–राजनीतिमा क्षणिक उत्साह काम लाग्दैन्



काठमाडौं, २३ पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले एमालेमुक्त मधेश बनाउँछु भन्ने विमलेन्द्र निधि अहिले मधेशको राजनीति निधिमुक्त बनेको टिप्पणी गरेका छन् । उनले राजनीतिमा क्षणिक उत्साह काम नलाग्ने पनि बताएका छन् ।

सामाजिक सञ्जालमार्फत रिजालले अहिले कांग्रेसको सत्ता अन्यायपूर्ण तवरले खोसिएकोझैं प्रचार भएको उल्लेख गर्दै कांग्रेसले जनादेश नै नपाएको दाबी गरेका छन् । उनले फेशबुकमा लेखेका छन्-

गृहमन्त्री भएका बेला विमलेन्द्र निधिले ’एमालेमुक्त मधेस बनाउँछु’ भनेर भाषण गर्थे । ०७४ मा चुनाव हारे, ०७९ मा लड्नै सकेनन् । बरु, मधेसको राजनीति निधिमुक्त बन्यो । राजनीतिमा क्षणिक उत्साह काम लाग्दैन । यसरी प्रचार हुँदैछ, मानौँ– कांग्रेसको सत्ता अन्यायपूर्वक खोसियो । जनादेश कांग्रेसले पाएको थिएन । लोकप्रिय मतमा एमाले भयो, चार दलसँग मिलेर प्रत्यक्षमा कांग्रेस पहिलो भयो । जबसम्म कसैलाई बहुमत आउन नदिने मिश्रित निर्वाचन प्रणाली रहन्छ, तबसम्म जनादेश कसलाई रहेछ भन्ने कुरा सरकार बनिसकेपछि मात्र थाहा हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot