Logo

आफ्ना सांसदहरुलाई प्रशिक्षण दिँदै एमाले



काठमाडौं, २३ पुष । नेकपा (एमाले) ले आज आफ्ना नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिँदैछ। दिउँसो १ बजेदेखि संघीय संसद् भवनको ल्होत्से हलमा प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले बताइन्।

‘नेपालमा संसदीय प्रक्रिया तथा कानून तर्जुमा’ विषयमा अभिमुखिकरण कार्यक्रम र अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिने तुम्बाहाङफेले बताइन्।

एमाले सत्ता पक्षको सबैभन्दा ठूलो दल हो । एमालेकै पहलकदमीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल मुलुकको ४४औं प्रधानमन्त्री बन्न सफल भएका छन् ।

संसद्को पहिलो अधिवेशन यही पुष २५ गतेको लागि बोलाईएको छ । २६ पुषमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यतालिका छ । सबै विषयमा छलफल गर्न एमालेले सांसदहरुलाई आज प्रशिक्षण दिन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot